महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालनको तयारी
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा पिसिआर मेसिन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रयोगशाला निर्माण र जनशक्ति व्यवस्थापन गरी अबको १५ दिनपछि मेसिन सञ्चालन गर्ने तयारी भइरहेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिनुभयो ।
प्राविधिक जनशक्ति व्यवस्थापनको कार्य पूरा गरिएको छ भने मेसिन सञ्चालनका लागि प्रयोगशाला प्राविधिकको टोलीलाई तालिमका लागि पठाउन लागिएको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयसँग समन्वय गरी प्राविधिकलाई १५ दिनको तालिमका लागि पठाउन लागिएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले अस्पताल सहित सरोकारवाला निकायसंग समन्वय गरी ३८ लाख लागत खर्चमा मेसिन खरिद गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्