तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जबाट २ अर्ब ५० करोड बढीको मिठाई तथा भाईमसला आयात

वीरगञ्ज । वीरगन्ज भन्सार नाका हुंदै विगत केही समय यता तिहारलाई लक्षित गर्दै झण्डै २ अर्ब ५० करोड भन्दा बढी मूल्यको सुख्खा फलफुल, मिठाई तथा भाइमसला आयात भएको छ ।

कोरोना संक्रमणका कारण आयात निर्यात व्यापार प्रभावित भईरहेको बेला यता सुख्खा फलफुल, मिठाई तथा भाई मसालाको आयात भने वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २ अर्ब ५ करोडको आयात भए पनि यस वर्ष २ करोड ५० लाख भन्दा बढीको आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । यसैगरी यस वर्ष तिहारमा घर झिलिमिली बनाउनका लागि ७५ करोड मुल्य बराबरको बत्ती आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालय तथा ड्राईपोर्ट सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले दिएको तथ्यांक अनुसार भारत, भियतनाम, अमेरिका, चीन, चिली, इण्डोनेसिया, मलेसिया, थाइल्यान्ड, पाकिस्तान, भुटान, ग्वाटेमाला लगायत मुलुकबाट २ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको काजु, किसमिस, पेस्ता, अलमन्ड बदाम, नरिबल, छोकरा, सुपारी, मखन लगायत विभिन्न ब्राण्डका ड्राई मिठाई तथा चकलेट आयात भएको छ ।

विशेष गरी तिहारमा भाईमसलाको लागि प्रयोग गरिने मिठाई तथा ड्राई फलफुलहरु स्वदेशमै उत्पादन नहुँदा चाडवाडमा विभिन्न मुलुकबाट मिठाई तथा ड्राई फलफुलहरु आयात हुँदै आएको वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुखमणीले जानकारी दिनुभयो ।

सामान्य दिनभन्दा भाइ टिकामा भाइमसलाको अत्यधिक प्रयोग हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button