महाकवि देवकोटाको सालिक अनावरण

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ आँै जन्म जयन्तको अवसर पारेर देवकोटाको पुर्न निर्मित सालिकको आज अनावरण गरिएको छ ।
विराटनगर–८ स्थित देवकोटा चोकमा रहेको महाकवि देवकोटाको सालिकको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा प्राज्ञ विवश पोखरेलले संयुक्त रूपमा अनावरण गर्नुभयो ।
महानगरपालिकाले करिब १९ लाख रुपैयाँको लागतमा सालिक निमार्ण गरेको हो । बिच चौकमा वरिपरि स्टेट लाइटसहित सौन्दर्यीकरण गरेर सालिक पुर्न निमार्ण गरिएको छ ।
सालिक अनावरण गर्हुदै महानगरपालिकाका प्रमुख पराजुलीले प्रजातन्त्रका लागि देवकोटा पुस्तकालयको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रजातन्त्रको पुर्न स्थापनापछि विराटनगरबाट प्रधानमन्त्री हुनु भएका सबै प्रधानमन्त्रीहरूको सालिक निमार्ण गर्ने तयारीमा महानगर रहेको बताउनुभयो ।
उहाँले महाकवि देवकोटा साहित्यकार मात्र नभएर त्यागी र दानी समेत हुनुहुन्थ्यो भन्नुहुर्दै उहाँप्रति सम्मान व्यक्त गर्नुभयो । संस्थालाई जोगाइ राख्न महानगरपालिकाको सक्दो सहयोग रहने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै विवश पोखरेल नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं देवकोटा पुस्तकालयका पुुर्व सचिव अमृत अर्याल, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले महाकवि देवकोटाले साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
देवकोटा चौकमा २०४२ सालमा महाकवि देवकोटाको सालिक स्थापना गरेपछि सो चौकको नाम देवकोटा चौक रहन गएको हो ।
कार्यक्रममा देवकोटा पुस्तकालयका अध्यक्ष सुुवोध निरौला, निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं पुस्तकालयका पुर्व सचिव वसन्तराज अर्याल तथा नारायणबाबु कार्कीलगायतले देवकोटाको जीवनीमाथि प्रकाश पार्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्