‘कचनकवलको विकासमा सरकारले सहयोग गर्छ’– पर्यटनमन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको विकासमा सरकारले सहयोग गर्ने बताउनु भएको छ ।
शनिबार ऐतिहासिक कचनकवल स्तम्भको अवलोकन गर्दै मन्त्री भट्टराईले त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताउनु भयो ।
समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सरकारको तर्फबाट उल्लेख्य सहयोग हुने बताउँदै उहाँले भारतको बिहारसँग दक्षिणी सिमाना जोडिएको, आदिवासी, मधेसी र सीमान्तकृत गन्धर्व जातिको बसोबास रहेको सो क्षेत्रमा पर्यटकलाई बस्नका लागि व्यवस्थित घरबास सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।
यसैगरी, भद्रपुर विमानस्थल स्तरोन्नतिका लागि सरकारले गुरुयोजना तयार गरेको र सोही अनुसार योजना अघि बढाइने मन्त्री भट्टराईको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्