२४ घण्टामा २३४९ संक्रमण मुक्त, थप १५ जनाको मृत्यु

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा ९ सय ७३ सहित देशभर एक हजार ९ सय १३ जना कोरोना संक्रमित भएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा १० हजार २२ जनामा पीसीआर परीक्षण गर्दा ७ सय ५९ महिला र एक हजार एक सय ५४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा ७ सय ६४, भक्तपुरमा ८३ र ललितपुरमा एक सय २६ सहित काठमाडौँ उपत्यकामा ९ सय ७३ जना संक्रमित फेला परेका हुन् ।
आज प्रदेश १ मा एक सय ६०, प्रदेश २ मा ७०, बागमती प्रदेशमा एक हजार एक सय ४९, गण्डकी प्रदेशमा एक सय ९३, लुम्बिनी प्रदेशमा २ सय ३५, कर्णालीमा १८ र सुदूरपश्चिम प्रदेशमा ८८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
यो सँगै हालसम्म नेपाल कोरोना संक्रमित हुनेको कूल सङ्ख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।
यस्तै आज २ हजार ३ सय ४९ जना अर्थात् ८० दशमलव ६ प्रतिशत कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् ।
यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको कूल सङ्ख्या एक लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १५ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म ३८ हजार ४ सय ६१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २९ हजार ३ सय ८४ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै गम्भीर लक्षण देखिएका ३ सय ७३ जनाको आई.सी.यु र ८७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्