तपाईँ सुन्दै हुनुहुन्छः

दमकमा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

झापा । झापाको दमकमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढ्दै गएको छ । पछिल्ला दुई साता यता दमकमा दैनिक जसो संक्रमितको मृत्यु हुने क्रम बढ्दै गएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आज (बिहिबार) विहान थप एक जना संक्रमित बृद्धको घरैमा मृत्यु भएको छ । दमकका मदिरा व्यवसायी नारायण केसीका पिता ८७ बर्षिय बीर बहादुर केसीको आज बिहान करिब ५ बजे होम आइसोलेसनमै मृत्यु भएको हो ।

यसअघि हिजो साँझ दमक उद्योग वाणिज्य संघका कानुनी सल्लाहकार सदस्य समेत रहेका अधिबक्ता मोहन अधिकारीकी पत्नी गीता कार्की अधिकारीको पनि कोरोना संक्रमणकै कारण विराटनगरको विराट मेडिकल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button