तपाईँ सुन्दै हुनुहुन्छः

दुई काठ तस्कर पक्राउ 

बर्दिवास । महोत्तरीको बाँके जङ्गलबाट दुई जना काठ तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिपूर्वाका गणन राय र हिरा साह रहेका छन् ।
साइकलमा काठ तस्करी गर्दै गरेका उनीहरू सुरक्षामा खटिएका इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईँको नेतृत्वको टोलीलाई देखेर भागेका थिए । प्रहरीले वन कार्यालयमा जानकारी गराएपछि त्यहाँबाट खटिएको वन सुरक्षा गस्तीको टोलीले जङ्गलमा लुकेर बसेको अवस्थामा उनीहरूलाई राती नै नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तस्करहरूबाट ८.४७ क्वीफिट सालको ३ थान गोलिया र तीन वटा साइकल बरामद भएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले बताउनुभयो ।  पक्राउ परेकाहरूलाई कानुन अनुसार कारबाही गरिने साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button