तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको उपचारमा प्रदेश १ सरकारले पाँच सय बेड थप्दै 

 
सुनसरी । कोरोना सङ्क्रमितहरूको उपचारलाई लक्षित गरी प्रदेश नं. १ सरकारले पाँच सय बेड थप्ने भएको छ ।
प्रदेश १ भरी अक्सिजन, आइसियु र भेन्टिलेटरसहितका बेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।
प्रदेश सरकार परिस्थितिको माग अनुसार अघि बढेको बताउँदै मन्त्री घिमिरेले अहिलेलाई तत्काल  पाँच सय बेड विस्तार गरिने बताउनुभयो ।
कोरोना संक्रमण एकनास नभएकाले सङ्क्रमणको अवस्था अनुसार योजना बनाउन पनि उहाँले स्वास्थ्य कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button