प्लाज्मा थेरापी उपचारको लागी आवश्यक रगतदान शुरु
सुनसरी । सुनसरीको गढी गाउँपालिकामा रक्तदानसँगै प्लाज्मा थेरापी उपचारको लागी आवश्यक पर्ने रगत दान सुरु गरेका छ ।
कोरोना संक्रमित भई निको भएर ४० दिन नकटेका व्यक्तिहरुबाट प्लाज्मा दान गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
कोरोनाको बढ्दो संक्रमण सँगै समुदायमा संक्रमित संख्या थपिदै जाँदा कोरोना संक्रमित विरामीका लागी अति आवश्यक पर्ने प्लाज्माले गर्दा कसैको ज्यान बचाउनको लागी सहयोग पुगोस भन्ने उद्देश्यसहित कोरोना संक्रमित भई निको भएका ७ जनाबाट प्लाज्मा डोनेट र ३० जनाले रक्तदान गरेको गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।
नागरिकको जीवन रक्षाका लागि महामारीको समयमा प्लाज्मा दानको कार्यले आपसमा आत्मियता बढाउनुका साथै सिकिस्त संक्रमितको हकमा जीवनदान दिलाउने सम्मको काम गर्ने कार्यक्रम संयोजक लायन प्रमोद कुमार चौधरीले जानकारी दिए ।
लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले गढी गाउँपालिकाको औराबनी स्थित सामुदायिक भवनमा प्लाज्मा संगै रक्तदान कार्यक्रमको अयोजना गरेको थियो ।
गाउँपालिकाको प्रशासकीय अधिकृत समेत रहेका चौधरीले कोरोनाको समयमा रगत दिनेको संख्यामा कमी देखिएकाले रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको बताए ।
गाउँपालिकाको सहयोगमा लायन्स क्लबले आयोजना गरेको उक्त कार्यक्रम नेपाल रेडेक्रस सोसाइटी सुनसरीसँगको समन्वयमा सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा सहभागी माझ आयोजकले कोरोना सचेतना र अपनाउनुपर्ने सावधानी जस्ता विषयमा जानकारी समेत बाँडेको लेखा अधिकृत दिल बहादुर खड्काले बताए ।
कार्यक्रममा उप प्रमुख राजकुमारी चौधरीका साथै स्त्री तथा प्रसुती रोग विशेषज्ञ बालकृष्ण साह लगायत क्लबका पदाधिकारी सहितको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्