सुनसरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु
सुनसरी । सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
आज बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका १ मा भएको दुर्घटनामा स्थानीय ५५ वर्षीय धनबहादुर कार्कीको मृत्यु भएको थियो ।
मोटरसाईकलले पैदल यात्री कार्कीलाई ठक्कर दिंदा घाईते भएका थिए । उनको उपचारको क्रममा बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीकै हरिनगररा गाउँपालिका ३ मा आज बिहान साँढे ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालक रामधुनी १ का मनोज श्रेष्ठको मृत्यु भएको छ ।
गौतमपुरमा को २ त ९५८९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर विजुलीको पोलमा ठोक्किएर घाईते भएका सहचालक श्रेष्ठको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्