तपाईँ सुन्दै हुनुहुन्छः

हत्या अभियोगमा फरार झापाका गिरी १६ वर्षपछि पक्राउ

झापा । काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भनिने रामकुमार गिरीलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

विसं २०६१ माघ ११ गते राति ८ बजे सामाखुसीमा हत्या गरी फरार रहेका गिरीलाई १६ वर्षपछि महानगरीय अपराध महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–७ बाट आज पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लोहनीले गिरीका साथी प्रकाश लामाको कानको मुन्द्रा माग्दा नदिएपछि लामालाई कुटपिट गर्दा भएको विवादमा गिरीले लोहनीको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । जिल्ला अदालत काठमाडौँले विसं २०६४ असार ११ गते कैद सजाय फैसला तोके पनि फरार रहेका गिरी केही समय विदेश बसेर फर्किएपछि उनले आफ्नो नाम सरोज गिरी बताउँदै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button