विष्फोटक पदार्थसहित दुुई जना पक्राउ
बारा । बारा प्रहरीले यात्रुुबाहक गाडिबाट बिष्फोटक पदार्थसहित दुुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुुरबाट खटिएको प्रहरी टोलीले लल्का पुुल नजिकै वीरगञ्जबाट चितवन तर्फ जादै गरेको ना ७ ख ६०४१ नं.को यात्रु बाहक बसबाट बिष्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा फेटा गाँउपालिका वडा नं.१ त्रिवेणी वस्ने वर्ष २८ को लालबाबु दास र सोही ठाउँ बस्ने वर्ष २७ को कन्हैया दास रहेका छन् ।
बसको पछाडीको डिक्कीभित्र खुर्सानी भएको बोराभित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५०० ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९०० ग्राम बरामद भएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्