तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थपिए २४ सङक्रमित

विष्णु खनाल, पाल्पा । पाल्पामा सोमवार थप २४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

सङक्रमित हुनेहरुमा तानसेन नगरपालिकाका १८ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १ जना, पूर्बखोला गाउँपालिकाका ३ जना र रामपुर नगरपालिकाका १ जना रहेका छन । स्वास्थ्य कार्यालयका अनुसार १३ जना पुरुष र ११ जना महिलाहरु रहेका छन् ।

हालसम्म पाल्पामा १ हजार ८२ जना संक्रमण मुक्त भई घर फर्किसकेका छन । योसँगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १ हजार २ सय ७५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button