तपाईँ सुन्दै हुनुहुन्छः

जेष्ठ नागरिकलाई पोषण भत्ता दिँदै महानगरपालिका

विराटनगर । विराटनगर महानगरपालिकाले पोषणभत्ता रकम दिन थालेपछि जेष्ठ नागरिकको जिवनयापनमा केही सहज भएको छ ।

जिवन निवाृह तथा स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले ८४ वर्षमाथी उमेरका जेष्ठ नागरिकलाई पोषण भत्ता दिन थालेपछि उनीहरुको जिवनयापनमा केही सहज भएको हो ।

जेष्ठ नागरिकलाई मासिक एक हजारका दरले पोषण भत्ता वितरण गरिएको सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले बताउनुभयो ।

८४ वर्ष उमेर माथीका ९ सय ४२ जना जेष्ठ नागरिकलाई एक मुष्ट ९/९ हजारका दरले पाषण भत्ता वितरण गरिएको हो ।

असाय र असक्त जेष्ठ नागरिकलाई विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले उनीहरुको घरमै पुगेर पोषण भत्ता वितरण गर्नु भएको छ ।

जिवनयापनमा राहत पुुगोस् भन्ने उदेश्यले थोरै भएपनि पोषण भत्ता रकम वितरण गरिएको र यसलाई क्रमस बढाउदै लगिने मेयर पराजुुलीले बताउनुभयो ।

जेष्ठ नागरिकलाई यो वर्ष ८३ लाख सात हजार पोषण भत्ता रकम वितरण गरेको सामुदायिक विकास महाशाखाका एमआइएस अपरेटर जसटिक चौधरीले बताउनुभयो ।

महानगरपालिकाले बजेटमै रकम विनियोजित गरेर यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

यस बाहेक जेष्ठ नागरिकलाई महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता समेत दिँदै आएको छ ।

यसैगरी महानगरपालिकामा रहेका १० जना एचआइभी सङ्क्रमित बालबालिकालाई समेत पोषण भत्ता वितरण गरिएको छ ।

महानगरपालिकाले मासिक दुई हजारका दरले बालबालिकालाई पोषण भत्ता रकम वितरण गरेको सामाजिक विकास महाशाखा प्रमुुख गौतमले बताउनुभयो ।

महानगरपालिकाले विराटनगरका सबैभन्दा होचो व्यक्ति प्रकाश सरदारलाई समेत मासिक तीन हजारका दरले पोषण भत्ता दिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button