धनगढीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलाली। कैलालीको धनगढीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका २ का ८४ वर्षीय पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
कडा खालको निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना भएका उनीमा २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।सेतीको कोभिड अस्थायी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचाररत उनको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्