झापाको दमकमा कोभिड अस्पताल संञ्चालनमा

झापा । झापाको दमकमा आजदेखि कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ ।
लामो समयको तयारी पछि दमक–२ स्थित भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुननिर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।
सो उपचार केन्द्रको आज प्रदेशसभा सदस्य अर्जुन राईले औपचारिक रुपमा उदघाटन गर्नुभएको छ । उद्घाटन गर्दै उहाँले विश्वभर फैलिएको कोरोना महामारीसंग जुध्न सबै शक्ति एक ठाँउमा उभिने बेला आएको बताउनुभयो ।अक्सिजन सहितको ३० बेडको सो उपचार केन्द्रमा ४ बेड एचडियु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिनुभयो । यस क्षेत्रका संक्रमितहरुको उपचारका लागि सो केन्द्रले सहयोग पुरयाँउने उहाँले वताउनुभयो ।
यसअघि दमकमा दमक ४ स्थित दाहाल प्रतिष्ठान, दमक १० को विज्ञान पार्कको प्रशासनिक भवन, दमक अस्पताल र आम्दा अस्पतालमा कोभिड आइसोलेसन सञ्चालन हुदैआएका थिए ।संघिय सरकारले सबै स्थानीय तहलाई विभिन्न मापदण्डहरुसहित आ–आफना पालिकाका कोरोना संक्रमितहरुको उपचारका लागि कोभिड अस्पताल सञ्चालन गर्न करिब दुई महिना अघिनै सर्कुलर गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्