विद्युत प्राधिकरण जनकपुरधामका १२ कर्मचारीमा कोरोना संक्रमण
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिएपछि कतिपय कामकाज प्रभावित भएका छन् ।
कार्यालय प्रमुख, ईन्जिनियर, लेखा अधिकृत सहितका १२ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु अहिले होम आईसोलेशनमा रहेका छन् । कार्यालयका जिम्मेवार अधिकारी नै संक्रमित भएपछि कार्यालयले प्रवाह गर्ने कतिपय सेवाहरु प्रभावित भएका छन् ।
अत्यधिक मात्रामा सेवाग्राहीहरुको भिड हुने कार्यालय मध्येका एक रहेको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रमा शुरुको समयमा स्वास्थ्य सुरक्षा सावधानीहरु अपनाएपनि पछिल्लो समयमा आएपछि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन छाडेपछि संक्रमण देखिईएको छ ।
नेपाल विद्युत प्राधिकरणको थोरै कर्मचारीमा संक्रमणको पुष्टि भएका कारणले आज विलिङ्ग काउन्टरको सेवा सञ्चालन भएकोमा आज मात्र थप कर्मचारीहरुमा संक्रमणको पुष्टि भएका कारणले अन्य सेवाहरु पनि प्रभावित हुने अवस्था रहेको प्राधिकरणका कर्मचारी सतिश शर्माले जानकारी दिनु भएको छ ।
विगत केही दिनदेखि धनुषामा संक्रमणको दर बढी रहेको छ । आज मात्र जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका १४ जना तथा सवैला नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा जम्मा संक्रमित भएका ४२ जना मध्ये धनुषाका विद्युत प्राधिकरणका कर्मचारी तथा अन्य गरेर २० जनामा संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका बरिष्ठ चिकित्सक डा. कमलेश कुमार यादवले जानकारी दिनुभयो ।
यसै गरि महोत्तरीमा १, सिरहामा ३, सर्लाहीमा ३, सप्तरीमा २, वारामा ५, पर्सामा ५ तथा अन्य जिल्लाका ३ गरेर प्रदेशमा ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्