रुपन्देहीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु
रुपन्देही । रुपन्देहीमा आइतबार दिउँसो थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सैनामैना १ बाट उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आउनुभएका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो ।
डा. गौतमका अनुसार आइतबार बिहान कोरोना पुष्टि भएलगत्तै कोरोना विशेष अस्पताल पठाइएकोमा भेन्टिलेटरमा राख्दाराख्दै मृत्यु भएको थियो । उच्च रक्तचापको समेत बिरामी रहनुभएका उहाँको उपचारका क्रममा मध्यान्ह साँढे १ बजे मृत्यु भएको थियो ।
यससँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्