साँफेबगरमा गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम सुरु
अछाम । स्वस्थ, खुशी र समृद्ध परिवार हाम्रो सरोकार, प्रभावकारी बहुक्षेत्रीय षेषण जनताको अधिकार भन्ने मुल नाराका साथ साँफेबगर नगरपालिकामा गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाले गर्भवती, तथा बालवालिकाको पोषणमा सुधार ल्याउन उपप्रमुखको कोशेली कार्यक्रम सुरु गरेको छ । गर्भवतीसँग उपप्रमुख कोसेली कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथबाट सुरु गरिएको र नगरका १४ वटै वडामा सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख कुलबहादुर कुँवरले गर्भावस्थामा पोषिलो खानेकुरा नपाउँदा बच्चा र आमा दुबैको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको चर्चा गर्दै गर्भवतीको स्वस्थ जीवनका लागि कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरबाट प्राप्त कोशीली कार्यक्रमको सदुपयोग गर्नको लागि आग्रह गर्दै उहाँले बच्चा र आमाको जीवन स्वस्थ बनाउनको लागि अव अभिभावकसँग पनि त्रिपक्षिय छलफल गरिने बताउनुभयो ।
नगर उपप्रमुख विर्मलादेवि बुड्थापाले गर्भवती महिला स्वस्थ भएमात्र शिशु स्वस्थ हुने भएका कारण गर्भवतीको लागि गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरुवात गरिएको बताउनुभयो । उहाँले उक्त कार्यक्रम नगरका सबै वडामा सञ्चालन गरिने बताउनुभयो । पोषिलो खानेकुराको अभावमा उच्च रहेको मातृ तथा बाल मृत्युदर न्यूनिकरणमा यो कार्यक्रम उपयोगी हुने उहाँको भनाई रहेको छ।
गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम प्राप्त गर्न स्वास्थ्य चौकीमा सुत्केरी सेवा अनिवार्य गरिएको हुनुपर्ने उहाँले बताउनुभयो । प्रसुती सेवापछि प्रदान गरिने कोसेलीमा एक क्यारेट अण्डा, साबुन, नुन, तेल, झोला, पेटिकोट, साबुन, नेल्कटर, कोलगेट, ब्रस, माक्स, सेनिटाईजर लगाएतका सामग्री बितरण गरीएको थियो छ । वडा नम्बर १ मा १७ जना गर्भवति महिलालाई सामग्री वितरण गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्