तपाईँ सुन्दै हुनुहुन्छः

क्यानको साधारण सभा मंसिर ३ गते हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा मंसिर ३ गते हुने भएको छ ।

क्यानको शनिबार बसेको बोर्ड बैठकले साधारण सभा मंसिर ३ गते गर्ने निर्णय गरेको हो ।

यस अघि गत असोज २८ गतेका लागि तोकिएको साधारण सभा स्थगित गरिएको थियो ।

कोरोनाबाट संक्रमित क्यानका अध्यक्ष र सचिवको अवस्थामा सुधार नआएपछि क्यानले असोज अन्तिम साताका लागि निर्धारण गरेको साधारण सभा स्थगित गरेको थियो ।

यस्तै बैठकले नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button