पौडी खेल्ने क्रममा एकको मृत्यू
पाल्पा । पाल्पामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।
तानसेन नगरपालिका वडा नं. १ गेरागाउँ बस्ने २१ बर्षिय विनित बस्यालको पौडी खेल्ने क्रममा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दिउँसो साँढे १२ बजेको समयमा बगनासकाली गाउँपालिका वडा नं. ७ रानीघाट स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बस्यालको ज्यान गएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी नदी देखी १५० मिटर पुर्व पानीको खोल्सामा बस्यालको शव फेला परेको हो । स्थानिय र प्रहरीको सहयोगमा शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक मदन गिरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्