तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

टीकापुर कैलाली । कैलालीको टीकापुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
शुक्रवार दिउँसो टीकापुर नगरपालिका वडा नम्बर १ वनगाउकी एक महिला कोहलपुरमा र गए राति वडा नम्बर १ कै  एक पुरुषको टीकापुरमै मृत्यु भएपछि टीकापुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो ।
टीकापुरमा मृत्यु भएकाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
यसअघि वडा नम्बर ५ का एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ की एक महिलाको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button