‘नेकपा विभाजन हुन नदिन सबैको दवाब आवश्यक’
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई विभाजन हुन नदिन सबैको दवाब आवश्यक रहेको सो पार्टीका नेताहरुले बताउनुभएको छ ।
पुष्पलाल मित्रता केन्द्र नेपालले शनिबार बुटवलमा आयोजना गरेको नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्या र समाधानको प्रश्न विषय कार्यक्रममा नेता डाक्टर विजय पौडेल र वामदेव क्षेत्रीले यस्तो बताउनुभएको हो ।
नेकपाका केन्द्रीय सदस्य डाक्टर विजय पौडेलले पार्टी एकता जोगाउन पार्टीभित्रका क्रान्तिकारीबीच वैचारिक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले नेतृत्वलाई खबरदारी गर्दै पार्टी एकतालाई जोगाउन सचेत कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
केन्द्रिय सदस्य बामदेव क्षेत्रीले पार्टी एकता कायम राख्नका लागि नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्