तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नगरपालिकामा १५ शय्याको अस्पताल बनाउने तयारी

कञ्चनपुर, । कञ्चनपुरको महाकाली नगरपालिकामा १५ शय्याको अस्पताल बनाउने तयारी भइरहेको छ ।

महाकाली नगरपालिका वडा नं. ६ को गौ चरण जग्गामा १५ शय्याको अस्पताल निमार्णका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइएको महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र क्षेत्रमा जग्गाको अभाव भएकोले महाकाली नदी नजिकै रहेको गौ चरण जग्गा छनौट गरी अस्पताल बनाउने तयारी भइरहेको छ ।

१८ करोड लागत खर्चमा बहु वर्षीय योजनामा समेटिएको उक्त योजनाका लागि चालू आर्थिक वर्ष २०७७०७८ मा सङ्घीय सरकारले १ करोड रकम विनियोजन गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button