दियालोको गाउँ थवाङ, सौर्य ऊर्जामा परिणत हुँदै

रोल्पा । रोल्पाको दुर्गम बिकट ठाउमा रहेको थबाङ गाउँपालिकाको थबाङ गाँउमा निर्माणाधीन अबस्थामा रहेको १५० किलोवाट क्षमता रहेको सोलार मिनिग्रीड सौर्य उर्जा आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
आयोजना सम्पन्नपछि अध्यारो दीयालो र टुक्टीमा रहेको थबाङ गाउँ उज्यालो बन्नेछ ।
उक्त आयोजना संघीय सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ को पहलमा मन्त्रालय अन्तर्गत वैकल्पिक उर्जा प्रवद्र्वन केन्द्रबाट थबाङमा निर्माण भइरहेको छ ।
पुर्व सभामुख ओनसरी घर्तीद्वारा शिलान्यास गरिएको नेपालको सबैभन्दा ठूलो १५० किलोवाट क्षमता रहेको सोलार मिनिग्रीड अझै काम सम्पन हुन झण्डै १ महिना जति समय लाग्ने अनुमान गरिएको छ ।
आयोजना सम्पन्न भई प्रयोगमा आएपछी ऐतिहासिक गाउँ थबाङ उज्यालो मा परिणत हुनेछ आयोजना निर्माण कार्यले पुर्णता पाउने भएपछि सधैको अधेरी दैनिकी जिवन बिताउन बाध्य भएका थवाङीहरुको दैनिकी फेरिएर उज्यालोमा जिवन बिताउने दिन नजिक आएको छ ।








प्रतिक्रिया राख्नुहोस्