तपाईँ सुन्दै हुनुहुन्छः

कण्डम दिवसमा सर्वसाधारणलाई कण्डम र मास्क वितरण

बाँके । बाँकेमा धुमधामका साथ २६ औँ राष्ट्रिय कण्डम दिवस मनाईएको छ । सो अवसरमा रिक्सा चालक लगायत यात्रुलाई माक्स र कण्डम वितरण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय बाँकेको सहकार्य तथा विभिन्न संघसंस्थाको समन्वयमा भएको कार्यक्रमको अवसरमा माक्स नलगाएर हिडिरहेका यात्रु र सर्वसाधारणलाई माक्स र कण्डम वितरण गरिएको जुनकिरी महिला समुहका कार्यक्रम संयोजक रविन्द्रसिंह राठौरले जानकरी दिनुभयो ।

नेपालगन्ज उपमहानरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय, बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले कण्डमको सही प्रयोग गरेमा एचआइभी तथा यौनरोगबाट बच्न सकिने र अनिच्छित गर्भ रहनबाट जोगाउन पनि मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रममा भेरी अस्पतालका ग्यास्ट्रोलोजिष्ट फिजिसियन डा. संकेत रिसालले कण्डमको सही प्रयोग गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको बताउनुभयो । उहाँले एचआइभी र यौनरोगको संक्रमण दर स्थिर अवस्थामा राख्न कण्डम प्रयोग गर्ने ब्यवहारलाई अझ सशक्त रुपमा बढावा दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button