मूल्य सूची नराखी उपभोक्तासँग मनलाग्दी रकम असुल्ने बीरगंजमा दुई पसललाई एक लाख रुपैयाँ जरिवाना

वीरगञ्ज । मूल्य सूची नराखी उपभोक्तासँग मनलाग्दो रूपमा रकम असुल गर्दै आएका बीरगंजमा दुई व्यापारिक पसललाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा विभिन्न निकायका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले अनुगमनको क्रममा मूल्य सूची नराखी मनलाग्दी रकम लिएको पाएपछि पसललाई दण्डित गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज का सूचना अधिकारी दिलीप खंगले जानकारी दिनुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घसहितको टोलीले वीरगञ्ज बजारको अनुगमन गर्दा मूल्य सूची नराखेको पाइएपछि दुई वटा पसल लाई उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम तत्काल जरिवाना गरिएको हो ।
गुलाब एण्ड सन्स वीरगञ्ज,र श्रीराम ट्रेडिंग, वीरगञ्ज १० आदर्श नगर पर्सालाई मूल्य सूची नराखेकोले जनही पचास ÷पचास हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रमुख जितबहादुर भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्