तपाईँ सुन्दै हुनुहुन्छः

बेलकोटगढी नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक इन्जिनियरलाई सेवाग्राहीसँग लिएको घुससहित अख्तियारको टोलीले शनिवार पक्राउ गरेको छ ।

बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेल घुससिहत विदुर नगरपालिकाको बट्टार बजारको मिठाई पसलबाट घुस लिँदै गरको अवस्थामा पक्राउ परेका हुन् ।

बट्टार बजारमा रहेको सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रङ्गेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

सेवाग्राहीसँग लिएको घुससहित स्टिङ अपरेशनअन्तर्गत आफ्नो टोलीले करार सेवामा कार्यरत पौडेललाइ रङ्गेहात पक्राउ परेको अख्तियार प्रवक्ता अधिकारीले बताए ।
उनीसहित विचौलियाको काम गर्ने होटल व्यवसायी बेलकोटगढी नगरपालिका वडा नं. ९ का नारायाण भट्टलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।

सेवाग्राहीसँग भट्टमार्फत पौडेलले घुस लिएको आरोपमा भट्ट पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ ।

घुससहित पक्राउ परेका दुवै जनालाई पक्राउ गरेको स्थानमा अख्तियारको टोलीले स्थलगत मुचुल्का तयार गरी काठमाडौं लगेको छ । यसअघि पनि बेलकोटगढी नगरपालिकाबाट अर्का इन्जिनियरलाई अख्तियारको टोलीले घुसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button