तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा, बारा र रौतहटका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पछिल्लो परीक्षणको क्रममा पर्सा, बारा र रौतहटका गरी थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरी ल्याइएको ९५ जनाको स्वाब परिक्षण गर्दा पर्साका १०, बाराका तीन र रौतहटको गौर नगरपालिका वडा नम्बर ८ का एक जना पुरुषसहित थप १४ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा पाँच महिला र नौ पुरुष रहेका छन् । पर्सामा सङ्क्रमण पुष्टि भएकाहरुमा एक जना जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी जवान रहेका छन् ।

सङ्क्रमण पुष्टि भएकाहरु २५ देखि ६७ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १७ देखि ३३ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button