तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा चोकस्थित राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे.१ त.५८७५ नम्बरको ट्याक्टरले विपरित दिशाबाट जाँदै गरेको भे.४ प. ६३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते हुनुभएका मोटरसाइकल चालक बाँकेको बैजनाथ २ का २५ बर्षीय नरेश थारुको उपचारका नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इप्रका कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरिक्षक कुलदिप चन्दको नेतृत्वमा घटनास्थलमा गएको प्रहरी टोलीले ट्याक्टर र ट्याक्टर चालक कोहलपुर ११ का २९ बर्षीय संजिव कुमार थारुलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button