गाँउपालिका केन्द्रमा प्रहरी चौकी स्थापना

बझाङ । प्रहरी चौकी नभएका बझाङका गाँउपालिका केन्द्रमा अहिले त्यहाँको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारले थप प्रहरी चौकी स्थापना गरेको छ ।
जिल्लाको साइपाल , मष्टा , छविसपाथीभेरा , दुर्गाथली , वित्थडचिर गाँउपालिकामा अहिले गाँउपालिका कार्यालयस्थल नजिकै प्रहरी चौकी स्थापना गरिएका हुन ।
यस अगाडि ति गाँउपालिकाको अन्य स्थानमा प्रहरी चौकी भएको भएपनि तर स्थानीय सरकार भइसकेपछि गाँउपालिका केन्द्रमा प्रहरी चौकी थिएन ।
अहिले गाँउपालिका नजिकै प्रहरी चौकी स्थापना गरिदिएपछि शान्ति सुरक्षाका लागि सहज भएको साइपाल गाँउपालिकाकी उपाध्यक्ष कल्पना बोहराले बताउनुभयो । जिल्लाका अन्य पालिका केन्द्रमा भने प्रहरी चौकी रहेकै स्थानमा पालिका केन्द्र रहेका छन् ।
जिल्लामा अहिले प्रहरी कार्यालयसहित २० प्रहरी चौकी रहेका छन् । थप प्रहरी चौकी स्थापनाका लागि स्थानीय जनताको र गाँउपालिकाहरुको पनि माग भइ आएको जिल्ला प्रहरी कार्यालय प्रमुख रुपक खड्काले बताउनुभयो ।
गाँउ समाजमा अहिले अपराधिक मानसिक भएका मान्छेहरु बढ्दै गएपछि शान्ति सुरक्षाका लागी प्रहरीको माग बढ्दै गएको छ ।








प्रतिक्रिया राख्नुहोस्