तपाईँ सुन्दै हुनुहुन्छः

प्राइम बैंकको नाफा १ अर्ब बढी

काठमाडौँ । प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइमले १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ करोड ७८ लाख ६७ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको र सो अवधिसम्ममा बैंकको वितरण योग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार रूपैयाँ रहेको बैकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button