शहिदभुमि गाउँपालिकामा फुसको छाना मुक्त भएका घरको संख्या ६ सय ५५ पुर्याउने लक्ष्य
धनकुटा । सूरक्षित नागरिक आवास कार्यक्रम अत्र्गत हाल नेपाल सरकारले देशभर विपिन्न नागरिकलाई जस्तापाता वितरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जसअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा धनकुटाको शहिदभुमि गाउँपालिकामा फुसको छाना मुक्त भएका घरको संख्या ६ सय ५५ पुर्याउने लक्ष्य राखिएको छ ।
नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्ष २०७७ र ०७८ मा यो गाउँपालिकाको १, २ र ७ नं वडाका ४ सय ५७ विपन्न घरपरिवारलाई जस्ता पाता उपलव्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाक्ँ अध्यक्ष मनोज राईका अनुसार यसअघि गाउँपालिकाकै विपन्न सभाध्यक्ष, प्रत्येक गाउँसभा सदस्य पूर्वाधार कार्यक्रम अन्र्तगत १ सय २ घरधुरी र प्रदेश सरकारको तर्फबाट ९६ घरधुरी संख्यामा फुसको छाना हटाई सकिएको छ ।
यहाँ संघीय सरकारको सुरक्षित नागरिक आवास, गाउँपालिकाको विपन्न सभाध्यक्ष तथा प्रत्येक गाउँसभा सदस्य पूर्वाधार कार्यक्रम र प्रदेश सरकारद्वारा सो गाउँपालिकामा नमूना वस्ति निर्माण गर्ने कार्यक्रम अन्र्तगत अहिलेसम्म जम्मा १ सय ९८ घरधुरी संख्यालाई फुसको छानो मुक्त गरि सकिएको छ ।
अव चालु आर्थिक वर्षको अन्त्यसम्म ४ सय ५७ विपन्न घरधुरी संख्यालाई जस्तापाता वितरण गरिएपछि यो गाउँपालिकाको ६ सय ५५ घरधुरी फुसको छानो मुक्त हुने अध्यक्ष राईले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्