तपाईँ सुन्दै हुनुहुन्छः

जनता आवास कार्यक्रम अन्तर्गत २२ सय घर निमार्ण

बिराटनगर । जनता आवास कायक्रम अन्र्तगत मोरङ, सुनसरी तथा उदयपुर जिल्लाका गरिव विपन्न तथा सिमान्तकृत २२ सय ५ परिवारले नयाँ घर पाएका छन् ।

प्रदेश नं. १ सरकारलाई सो कार्यक्रम हस्तान्तरण भएपछि शहरी विकास तथा भवन निमार्ण कार्यालय विराटनगरले दुई वर्षमा उक्त घर निमार्ण गरी विपन्न समुुदायलाई हस्तान्तरण गरेको हो ।

जनता आवास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष ०७३–०७४ बाट शुुरु भएपनि आर्थिक बर्ष २०७५– ०७६ मा संघीय सरकारबाट प्रदेश सरकारलाई कार्यक्रम हस्तान्तरण भएको हो ।

आर्थिक बर्ष ०७५–०७६ मा मोरङमा १ सय ८२, सुनसरीमा २ सय ३३ तथा उदयपुुरमा ३ सय ६० घर निमार्ण भएका छन ।

त्यस्तै ०७६–०७७ मा मोरङमा ४ सय ८६ , सुनसरीमा ६ सय ३३ तथा उदयपुरमा ३ सय ११ घर निमार्ण गरी समुदायलाइृ हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारलाई कार्यक्रम हस्तान्तरण भएपछि तीन जिल्लामा पाँच हजार २७ वटा नयाँ घर बनाउने लक्ष्य रहेको कार्यालयका इन्जिनियर ओमप्रकास शर्माले बताउनुभयो ।

जसमध्ये २२ सय ५ घर निमार्ण भएको र चालुु आर्थिक बर्षमा बाँकी रहेका २८ सय २२ घर निमार्ण गर्ने कार्यालयको लक्ष्य रहेको इन्जिनीयर शर्माले बताउनुुभयो ।

एउटा घर निमार्णका लागि ३ लाख ३२ हजार ५ सय रुपँया प्रदेश सरकारले उपलव्ध गराउँदै आएको छ ।

त्यसमा लाभग्राहीले १० प्रतिशत रकम बराबरको श्रमदान गर्नु पर्ने र नभए एउटा शुलभ शौचालय निमार्ण गर्नुपर्ने हुुन्छ ।

कार्यालयले स्थानीय तहको समन्वयमा लाभग्राहीलाई सहभागी बनाई समिति बनाएर घर निमार्ण गर्दै आएको छ ।

अति विपन्न, सिमान्तकृत तथा दलित समुुदायलाई लक्षित गर्दै उनिहरुको उचित बसोबासका लागि ल्याइएको सो कार्यक्रम अन्र्तगत प्रदेश सरकारसहित कतिपय स्थानीय तहहरुले समेत आप्mनै बजेट घर निमार्ण गरी विपन्न समुुदायलाइृ हस्तान्तरण गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button