जाजरकोटमा मकै उत्पादन घट्यो

जाजरकोट । पहाडी जिल्ला जाजरकोटमा यस वर्ष मकै उत्पादन घटेको छ ।
गत वर्षको तुलनामा मकै ५.३३ प्रतिशते उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बर्षभरीमा खाने खाद्यबालीमा उत्पादन कमी आएपछि स्थानीयहरु चिन्तामा परेका छन् ।
बारेकोट गाउँपालिका–५ कालाखोलीकी देवी सिंहको घरमा गत बर्षको भन्दा यस बर्ष मकै उत्पादन घटेको छ । उत्पादन आधाले घटेपछि १० जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले उहाँलाई सताएको छ । बर्ष भरी परिवारको छाक टार्ने मकै खेती नै होे । बाढी पहिरोलगायतका कारणले मकै उत्पादनमा गिरावट आएको उहाँको भनाई छ ।
त्यसैगरी नलगाड नगरपालिका–८, हलचौरका दानबहादुर खत्री मकैमा उत्पादन घटेको बताउनुहुन्छ । बर्षभरि खाने मकै हो, यो पटक उत्पादन तेव्बरले घटेपछि खत्री परिवार चिन्तामा परेको छ । रोग किरा लागेर मकै उत्पादन राम्रो नभएको उहाँको भनाई छ ।
सिंह र खत्री त केही उदाहरण मात्र हुन् । जिल्ला भर मकै खेती लगाएका कृषकहरु उत्पादन घटेपछि निराश भएका छन् ।
मुख्य बाली मकै उत्पादनमा कमी आएपछि स्थानीयलाई भोकमरीले सताउने भएको छ । जिविको प्रार्जनको मुख्य स्रोत मकै बालीलाई बनाएका स्थानीयहरु उत्पादन घटेपछि चिन्चित बनेका हुन ।

कोरना भाइरसका कारण लामो समयसम्म भएको लकडाउन र कमाइ गर्नेहरु सबै गाउँघरमै भएका रोजगारी पाउन सकिरहेका छैनन् ।
जाजरकोटमा बाढी पहिरो, सलह किरोको प्रकोपलगायतले नोक्सानी गरेपछि मकै तथा धान उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख गणेश बहादुर अधिकारीले बताउनु भएको छ ।

१० हजार ८ सय ५० हेक्टर क्षेत्रफल जमीनमा गत बर्ष ३१ हजार ८ सय ४७ मेट्रिक्टन मकै उत्पादन भएको थियो भने यस वर्ष ३० हजार १ सय ५० मेट्रीक्टन उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ ।
जाजरकोटमा १० हजार ८ सय ५० हेक्टरमा मकै खेती भएको कार्यालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्