तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री शाह अस्पताल भर्ना

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह कोरोना अस्पताल भर्ना हुनुभएको छ । कार्तिक १५ मा मन्त्री शाहलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

केहि दिन सुरक्षित ढंगले होम आइसोलेसनमा रहनुभएका मन्त्री शाहको नाकबाट रगत बग्न थालेपछि आज सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

उपचारमा खटिएका चिकित्सकले उहाँको अवस्था सामान्य रहेको जनाएका छन् । अहिले रगत बग्न रोकिएको बरिष्ठ फिजिसियन डा. शेरबहादुर कमले बताउनु भयो ।

कार्तिक १५ मा मन्त्री शाहसँगै उहाँकी पत्नीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button