तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायिक रुपमा टर्की पालन


रुकुम- रुकुम पश्चिमको मुसिकोट नगरपालिका –३, धैरेनीचौरका एक व्यक्तिले ठूलो लगानीमा टर्की र लोकल कुखरा पालनको शुरुवात गरेका छन । मासु तथा अण्डा उत्पादनका लागि भन्दै ५२ वर्षिय चन्द्रबहादुर खड्काले गतवर्षदेखी लोकल कुखुरा र टर्की पालन व्यवसाय शुरु गरेका हुन ।

खड्काका अनुसार जिल्लामा टर्कीको माग राम्रो देखिएकाले टर्की र लोकल कुखुरा संगै लौकाट, कडकनाथ र बट्टाईपालन पनि शुरु गरिएको छ । विशेषगरी टर्की र लोकल कुखुराको अण्डा उत्पादन समेत गर्दै आएका खड्काले नीजि व्यवसाय सञ्चालनका लागि हालसम्म २० लाख बढी लगानी गरिएको बताउनुभयो ।

अहिलेसम्म कुनैपनि निकायको अनुदान सहयोग नलिएरै व्यक्तिगत लगानीमा गरिएको व्यवसायबाट शुरुवाती चरणमा खासै आम्दानी नभएपनि यसवर्षदेखी भने राम्रो आम्दानी हुन सक्ने खड्काको भनाई छ । खड्काको नीजि फार्मबाट जिल्लाका अधिकांश पालिकाका किसानले टर्की र लोकल कुखुराका चल्ला लिने गरेका छन् ।

त्यस्तै मासुका लागि लोकल कुखुरा र टर्कीको माग समेत जिल्लामा राम्रो भएको खड्काले बताए । उनको फार्ममा हाल ७ सय भन्दा बढी टर्की, लोकल कुखुरा र लौकाट रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button