कोरोना संक्रमित महिलाको मृत्यु

सप्तरी । सप्तरीमा बिहीबार बिहान थप एक २३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । यो सँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
मृत्यु हुनेमा सप्तरीको बिष्णपुर गाउँपालिकाको सिम्राहा गाउँकी २३ वर्षीया महिला रहेकि छन । पिसाबमा समस्या देखिएपछि १५ दिन अघि विराटनगरमा उपचार पश्चात निको भई राजविराज–९ मलेठस्थित माइत फर्किएकी थिइन्। तर शनिबार बान्ता गरेपछि उनलाई धरान लगिएको थियो।
बिरामी भएपछि शनिबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको स्वास्थ्य अवस्थामा सुधार भएर वार्डमा सारेपछि स्वाब संकलन गरिएको थियो। उनको स्वाबको रिपोर्ट बुधबार पोजिटिभ आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्