तपाईँ सुन्दै हुनुहुन्छः

मिसिगनको जीतसँगै चुनाव आफूले नै जित्ने बाइडनको दावी

वासिङ्टन डिसी । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा महत्त्वपूर्ण मानिएको मध्य पश्चिमी राज्य मिसिगनमा विजय प्राप्त गरेसँगै डेमोक्राटिक पार्टीका उम्मेदवार जो बाइडनले निर्वाचित हुन आफूले पर्याप्त राज्यहरूमा जीत हासिल गरेको बताउनु भएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यम बिबिसीले भने निर्वाचनको हालसम्म कसैको जीत हार भइनसकेको बताएको छ ।
एरिजोना, जर्जिया, पेनशलभिनया, विस्कनसिन जस्ता राज्यको मतपरिणाम प्राप्त भए पछि  मात्र वास्तविक नतिजा आउने छ ।
रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्राटिक पार्टीका बाइडन बीच कुनै एकको जीत ती राज्यहरूबाट आउने परिणामपछि  सुनिश्चित हुने बिबिसीले जनाएको छ ।
यसैबीच, राष्ट्रपति ट्रम्पले मतदानमा अनियमितता भएको आरोप लगाउनुु भएको छ ।
राष्ट्रपति ट्रम्पले उक्त आरोपको समर्थनमा कुनै प्रमाण  भने दिनुभएको छैन ।
यसैबीच, मतगणनामा डेमोक्राटिक पार्टीका उम्मेदवार बाइडनको अग्रता भने कायमै छ ।
यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ र जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ।

बाइडनले २४३ इलेक्टरल मत प्राप्त गर्नुभएको छ भने ट्रम्पले कुल २१४ इलेक्टरल मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button