तनहुँका १९ जनामा कोरोना संक्रमण
तनहुँ । तनहुँमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको व्यास नगरपालिकाका १४ जना, भानु नगरपालिकामा २ जना, घिरिङ गाउँपालिकामा १ जना र वडा नखुलेको २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास–१ का ४० वर्षीय पुरुष र ४० वर्षीया महिला, व्यास–२ की ४१, १५, ३८ वर्षीया महिला र ४६,२४, २०, २७, ६३ वर्षीय पुरुष, व्यास–३ की ३६ वर्षिया महिला, व्यास–९ की ६५ वर्षीया महिला र ४६ वर्षीय पुरुष, व्यास–११ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भानु–३ का ६५ वर्षीय पुरुष र भानु–९ का ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । घिरिङ–६ की ५८ वर्षिया महिलामा समेत कोरोना संक्रमण भएको छ ।
तनहुँको पालिका र वडा नखुलेको ५० वर्षिया महिला र ६० वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।







प्रतिक्रिया राख्नुहोस्