तपाईँ सुन्दै हुनुहुन्छः

बरेङको सडक कालोपत्रे

बलेवा- बागलुङ जिल्लास्थित बरेङ गाउँपालिकाको बरेङ बजारको सडक कालोपत्रे गरिएको छ । दशैं बिदाको समयमा स्थानीय मजदूरलाई प्रयोग गर्दै निर्माण कम्पनीले कालोपत्रे गरेको हो ।

कोरोनाको महामारीका कारण मजदूरहरू पाउन कठिन भएको भन्दै लामो समयदेखि रोकिएको कालोपत्रेको कामले दशैंको समयमा प्राथमिकता पाउँदा झण्डै एक किलोमिटर सडक पक्की बनेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । “बरेङ बजारमा सडक कालोपत्रेको काम ९६ प्रतिशत सकियो” उहाँले भन्नुभयो, “यो हाम्रो पालिकाको पहिलो कालोपत्रे सडक हो ।”

साँघुरो बजार क्षेत्रलाई फराकिलो बनाएर सडक कालोपत्रे गरिएकामा गाउँपालिकाले यसलाई गौरवको योजना भन्दै प्राथमिकतामा राखेको थियो । यो सडक बरेङ बजारदेखि कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने सडकखण्ड अन्तर्गत पर्छ । नेपाल सरकारको ५० प्रतिशत अनुदान र गाउँपालिकाको ५० प्रतिशत लगानी रहेको एक किलोमिटर लम्बाई र ५.५ मिटर चौडाईको सो सडका लागि रू. तीन करोड ४४ लाखको लागतमा कालोपत्र गर्न केपी कन्ट्रक्सनले बोलपत्रमार्फत स्वीकृति पाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button