कालीगण्डकी लोकमार्ग बिस्तारको अन्यौल हट्यो, एक अर्वको टेण्डर आव्हान

पर्वत – कालीगण्डकी लोकमार्गको मुस्ताङ जोड्ने खण्ड बिस्तारमा रहेको अन्यौल हटेको छ । पर्वत तर्फबाट विस्तार हुने कि बागलुङ तर्फबाट भन्ने लामो समयको अन्यौल हटेको हो ।
बागलुङ तर्फबाट बिस्तार हुँदै मालढुंगा सम्म आएर रोकिएको काम त्यसअगाडी बढ्न सकेको थिएन भने पर्वत तर्फ कुश्मा नगरपालिका ४ अर्मादी सम्म बिस्तार भएर रोकिएको थियो ।
आईतवार कालिगण्डकी कोरीडोर आयोजना अन्तर्गत मालढुङ्गा बेनी सडक खण्डको स्तरउन्नतीका लागि करिब एक अर्बको टेन्डर आह्वान गरिएपछि लामो अन्यौल हटेको हो । करिडोर अन्तर्गत पर्ने १४ किलोमिटरे सडक स्तरउन्नतीका लागि टेन्डर आह्वान गरिएको आयोजनाले जनाएको छ ।
उत्तरी छिमेकी राष्ट्र चीन तथा दक्षिणी राष्ट्र भारतको सिमा जोड्ने कालिगण्डकी करिडोरअन्तर्गतको सडकलाई दुइलेनमा विस्तार गर्ने योजना छ । मालढुङ्गा देखि जलजला गाउँपालिका हुँदै म्याग्दीको सदरमुकाम बेनी सडकले जोड्ने छ ।
कालीगण्डकी करीडोर अन्तर्गत दुई वटा भाग छन् । पहिलो भाग गुल्मी र बागलुङ हुँदै अघि बढ्छ । दोस्रो भाग स्याङजा र पर्वत हुँदै जान्छ । पर्वत र स्याङजाको भागलाई कालीगण्डकी लोकमार्गको नाम दिइएको छ भने, गुल्मी र बागलुङ खण्को नाम कालीगण्डकी करीडोर भनिएको छ । तर, दुवै सडकको गन्तब्य भने उत्तर चिन र दक्षिण भारत नै हुन् ।
दुई भागमा काम भएर अघि बढिरहेको सडकको बागलुङ तथा गुल्मी खण्डका विभिन्न भागहरुका कालोपत्रेको काम अघि बढिरहेको छ । एता, पर्वतमा पनि सेतीवेणी देखि रानीपानीसम्मको सडकमा पनि कालोपत्रेको काम अघि बढेको छ । रानीपानी देखि फलेवास ढिक हुँदै अर्मादी जोड्ने सडकमा भने ट्रयाक्क खन्ने र स्तरोउन्नती गर्ने कार्य अघि बढिरहेको छ ।
सडक खण्ड अन्तर्गतजिल्लाको कुश्मा नगरपालिका वडा न ४ अर्मादीमा सडक आइपुगे पछि त्यो सडक झण्डै ४ किलोमिटर मध्यपहाडी लोकमार्गसंगै जोडिन्छ । मध्यपहाडी लोकमार्गको अर्मादी मालढुंगा खण्ड पुगेपछि सडक पुनः उत्तर तर्फ मालढुंगा वेनी खण्डमा पुग्छ । अहिले मालढुंगा देखि वेनीसम्मको लागि सडक कालोपत्रे गर्ने चाक्लाबन्दी गर्नका लागि टेण्डर आब्हान गरिएको हो ।
उक्त सडकलाई दुई लेनको बनाउने र करीडोरको मापदण्डमा पु¥याउने गरी सरकारले निर्माण कम्पनी छनौटका लागि टेण्डर आब्हान गरेको छ । योसंगै कालीगण्डकी करीडोर भनेर बागलुङ हुँदै अघि बढेको सडक पनि यहि सडकमा आएर सम्माहित हुने भएको छ ।
कालीगण्डकी करीडोरको मुख्य खण्ड अन्ततः पर्वत जिल्लाकै मार्ग हुँदै जाने भएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।
यस अघि मालढुंगासम्म आइपुगेको बागलुङ खण्ड बागलुङ हुँदै अघि बढ्ने वा पर्वतमा जोडिने अन्यौल थियो । आज नेपाल समारचापत्र दैनिकमा करिडोरको मालढुंगा वेनी खण्डको स्तरोउन्नती गर्ने गरी बोलपत्र आब्हान भएपछि यो अन्यौल हटेको हो ।








प्रतिक्रिया राख्नुहोस्