१० क्विन्टल ८८ किलो पटकासहित ट्याक्टर बरामद
सर्लाही । सर्लाहीमा प्रहरीले १० क्विन्टल ८८ किलो ग्राम पटकासहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ विभिन्न किसिमका पटाकाहरु ओसारपसार हुँदै आएको विशेष सूचनाको अधारमा बलरा नगरपालिका वडा नं.८ स्थित सार्वजनिक सडकबाट पालले टेलरको भाग छोपी राखेको अवस्थामा ज.१ त २१७६–९ न.को टेलर साहितको सोनालिका ट्याक्ट्ररबाट अठईसा, झिरझिरे, राधाचक्र लगायतका विभिन्न किसिमका १० क्विन्टल ८८ किलो ग्राम पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।
सर्लाहीमा हाल सम्मैकै यो ठुलो परिमाणको विष्फोटक पदार्थ बरामद गरिएको हो । विष्फोटक पदार्थसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्