तपाईँ सुन्दै हुनुहुन्छः

सडकमा केरा बेच्दै उत्पादक किसानहरु

बारा । बाराको किसानले उत्पादन गरेको केराले बजार मुुल्य नपाएपछि किसान आफैँ सड्कमा केरा बेच्न थालेका छन् ।

केरा बारीमै सड्न थालेपछि बारा निजगढका किसान अहिले आँफै सडकमा पुगेर केरा बेच्न बाध्य भएका हुुन् । गत चैतदेखि नै स्थानीय उत्पादनको अपेक्षाकृत रुपमा बजारीकरण हुँन नसक्दा किसानहरु मर्कामा परेका थिए ।

किसानले आफैँ सडकमा बेच्दा किसानले राम्रो मुल्य पाएको र बिचैलिया समेत निरुसाहित भएको स्थानीय किसान जित बहादुर लोप्चनले बताउनुुभयो । केरा ब्लकबाट विकसित हुँदै केरा जोनमा आई पुग्न लागेको बाराको निजगढ नगरपालिकाका केरा व्यावसायीका केरा खेतमा अहिले कमी हुँदै आएको छ ।

बिचैलियाले किसानको बारीबाट दुई रुपैयाँ प्रति कोसा केरा लिने गरेका कारण घाटामा रहेका किसानले अहिले आफैले बेच्दा मनग्य आम्दानी गर्न थालेको अर्का केरा उत्पादक किसान विनय राईले बताउनुुभयो ।

निजगढ नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button