भेरी अस्पतालमा कोरोना परीक्षणः ५३ संक्रमित थपिए
बाँके । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको ल्यावमा सोमवार गरिएको परीक्षणमा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालद्धारा सोमबार दिउँसो ३ः४५ बजे जारी गरिएको विवरण अनुसार विभिन्न जिल्लाका ५३ जनामा कोरोना भाईरस संक्रमण देखिएको हो ।
अस्पताल स्रोतका अनुसार थपिएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढी २८ जना बाँकेका रहेका छन भने २० जना बर्दियाका रहेका छन ।
त्यसैगरी दाङ, महोत्तरी, अछाम, रुकुम र डोल्पाबाट संकलन गरिएको नमुनामा समेत कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालको ल्यावमा २ सय १५ जनाको स्वाव परीक्षण गरीएको थियो । जसमध्ये बाँके, बर्दिया, दाङ, महोत्तरी, अछाम, रुकुम र डोल्पाका ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म भेरी अस्पतालको ल्यावमा ५६ हजार ५१४ जनाको नमुना परीक्षण गरिएकोमा यस अवधिमा ३ हजार ६ सय ५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भईसकेको अस्पतालद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।







प्रतिक्रिया राख्नुहोस्