तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दाङका कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगन्ज। बाँकेमा उपचाररत दाङका कोरोना संक्रमित पुरुषको गएराति मृत्युु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति सवा ११ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
कार्तिक १० गते अस्पताल भर्ना भएका उनमा ११ गते कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button