थप दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि

काठमाडौं । देशभर आज थप दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार नौ हजार दुई सय ७९ वटाको पिसिआर परीक्षण गर्दा नौ सय ७६ महिला र एक हजार पाँच सय ३२ जना गरी आज थप दुई हजार पाँच सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ ।
त्यस्तै देशभर आज दुई हजार दुई सय ६४ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या एक लाख ३१ हजार दुई सय २२ जना रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी काठमाडौँ उपत्यकामा पाँच सय ६९ जना महिला र सात सय ८८ जना पुरुष गरी थप एक हजार तीन सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या नौ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्