तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

टीकापुर कैलाली । कैलालीमा लागु औषध खैरो हेरोइनसहित धनगढीबाट एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० घूईयाघाटका २५ वर्षीय राम निवास रानालाई २५ ग्राम ४ सय मिलिग्राम लागु औषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

लागु औषधको कारोबार तथा ओसार पसार भइरहेको भन्ने सूचनाका आधारमा खटिइएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिडडुल गरी रहेको अवस्थामा घूईयाघाटबाट उनलाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाइएको प्रवक्ता विष्टले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button