प्रसिद्ध गायक एवम् रेडियो नेपालका पूर्व कर्मचारी शम्भु कुमार मिलनको निधन
काठमाडौँ । प्रसिद्ध गायक एवम् रेडियो नेपालका पूर्व कर्मचारी शम्भु कुमार मिलनको आज बिहान ७२ बर्षको उमेरमा निधन भएको छ ।
कोरोना सङ्क्रमणका कारण निधन भएका मिलनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । स्व.मिलनले सयभन्दा बढी गीत गाउनु भएको छ ।
उहाँका निधनमा रेडियो नेपालले दुःख व्यक्त गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्