तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमित ६४ वर्षीय महिलाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज नवलपुरकी एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विनय त्रिवेणी गाउंँपालिका वडा नम्बर १, दुम्कीबास की ६४ बर्षीय महिला रहेकी छिन ।

ती महिला दम र श्वासप्रश्वास सम्बन्धी समस्या ( सओपीडी) भएर कात्तिक १२ गते अस्पताल भर्ना भएकी अस्पतालका प्रेस संयोजक डा.किशोर अधिकारीले जानकारी दिनुभयो ।

उनको कात्तिक १३ गते स्वाब परीक्षण गरिएकोमा सोही दिन कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

मृगौलाकी दीर्घ रोगी (क्रोनिक किड्नी डिजिज ) समेत भएकी उनको आज बिहान ९ बजेर ३२ मिनेट जांँदा मृत्यु भएको डा.अधिकारीले बताउनुभयो ।

उनको कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button